आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख ११ गते बिहीवार ।  इ.सं. 2020 April 23 । शक संवत १९४२ । नेपाल संवत ११४० चौलागा । प्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख कृष्णपक्ष तिथि औंसी , ०७:४० बजे उप्रान्त प्रतिपदा । नक्षत्र अश्विनी , १५:५७ बजे उप्रान्त भरणी। योग प्रीति , २३:०० बजे उप्रान्त आयुष्मान् । करण नाग ०७:४० बजेदेखि किंस्तुघ्न , २०:३४ बजे उप्रान्त कौलव । चन्द्रराशि मेष । आनन्दादी योग मानस । दिनमान ३२ घडी २८ पला । सूर्योदय ०५: ३३ बजे । सूर्यास्त १८: ३३ बजे ।

स्नान–दान गर्ने र हलो बार्ने औंसी। मातातीर्थ औंसी। मातातीर्थमा स्नान। आमाको मुख हेर्ने, मातृसम्मान दिवस। चाँगुनारायण, छिन्नमस्ता, कीलेश्वर मूल रथयात्रा। लोकतन्त्र दिवस।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जागिर र कर्म प्रति चिन्तन बढ्नेछ ।    

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । स्वास्थ्य प्रति सजक रहना जरूरी छ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

खानपिनको परिकारले मन लोभ्याउनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहररू पुरा हुन सक्छ । मंगल कार्यको योजना बन्नेछ ।        

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

विशेष सामाजिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । नयाँ भौतिक साधनको योजना बन्ला । पारिवारिक रमाइलो समेत हुन्छ ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा नयाँ योजना बन्नेछ । सन्तानबाट सुख मिल्ला ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनसक्छ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।             

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । पारिवारिक कार्य बोध हुने र नयाँ रचना र ज्ञानमा प्रगति हुनेछ ।    

मीन (दि, दु, , , , दे, दो, चा, चि)

रचनात्मक कार्यमा मन जानेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ । ज्यो.प. नारायणप्रसाद दुलाल