समाजवादी पार्टी र राजपा बीच एकीकरण भएको छ । नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल राखिएको छ । बुधबार राती समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले एकतामा सहमति जुटेको र एकीकृत पार्टीको नाम जनता समाजवादी, नेपाल राखिएको छ । राजपाका नेता राजेन्द्र महतोले बिहीबार नै निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिने जानकारी दिएको छ ।
बुधबार राती करीब ११ बजे भएको सहमतिमा दुवै पार्टीका चार चार जना नेताले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा राजपबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्रराय यादव र शरतसिंह भण्डारीले हस्ताक्षर गरेका छन् भने समाजवादीबाट बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् । पार्टीको झन्डा समाजवादीको र चुनाव चिन्ह राजपाको राख्ने पनि सहमति भएको छ ।