मकवानपुरकाे मकवानपुरगढी गाउँपालिका वडा नं. ५ मा रहेकाे श्री आधारभुत शिक्षा आधारभुत विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीलाई विद्यालय पाेशाक (सर्ट , पाईट ) सहयाेग भएकाे छ । साेही वडाकाे देउराली निवासी राजु पाख्रीन तामाङ र सिंह बहादुर दाेङले विद्यार्थीलाई पाेशाक सहयाेग गरेकाे विद्यालयका शिक्षक अनजान चाैलागाईले बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शुकुराम थिङकाे सभाध्यक्षतामा आज पाेशाक वितरण गरेकाे हाे । पाेशाक वितरण गर्दै पाख्रिनले गरिव विपन्न विद्यार्थी पढ्न आउँदा विद्यालयकै पाेशाकमा उपस्थित हाेस र पढाईमा केही सहज मिलाेस भनेर सहयाेग गरेकाे बताए । आगामी दिनहरुमा आफुले सक्ने सहयाेग गर्ने पनि उनले बताए । पाेशाक वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रल्हाद घिमिरे , विद्यालयका पुर्व शिक्षक सुलाेचना स्याङ्तान , अभिभावक र विद्यार्थीहरु लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

विद्यालयले उनिहरुलाई सहयाेग गरेकाे भन्दै धन्यवाद पत्र प्रदान गरेकाे छ ।