हेटौंडामा आज बिहिबार संयुक्त विद्यार्थी संगठनले भ्रष्टाचार र महँगी विरुद्ध सिठ्ठी जुलुस निकालेको छ । देशभर भएको जुलुस कार्यक्रम अन्तर्गत बागमती प्रदेशको राजधानी हेटौंडामा समेत सयुंक्त विद्यार्थी संगठनले सिठ्ठी जुलुस निकालेका हुन् ।

हेटौंडाको सिमाचोकबाट सुरु गरी बुद्धचोकसम्म सिठ्ठी जुलुस निकालेका हुन् । विद्यार्थी सङ्गठनहरुले पेट्रोलयिम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ताको माग गर्दै जुलुस निकालेका हुन् । विद्यार्थी सङ्गठनहरुले चितवनमा मृत भेटएिकी सुजिता भण्डारीको सत्यतथ्य छानविनका लागि समेत नारा लगायका थिए ।

पछल्लिो समय नेपाल आयल निगमले पेट्रोलयिम पदार्थको मूल्य बढाएको भन्दै नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) , युवा संगठन नेपालले विरोध गरेका हुन् ।