Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

के तपाईंको पनि निद्रा विथोलिएको छ ?

Company Register

भारतमा सन् २०१९ मा एक तकिया बनाउने कम्पनीले ‘स्लिप इन्र्टसिप’का विभिन्न २० पोस्टको लागि विज्ञापन निकाल्दै आवेदन मागेको थियो । त्यसमा १ दशमलव ७ लाख आवेदन परेको थियो ।

‘स्लिप इन्र्टशिप’को क्रममा १०० रातसम्म ९ घण्टा सुत्ने सर्त राखिएको थियो । कम्पनीले यसका लागि प्रत्यर्स इन्टर्नलाई एक लाख रुपैयाँ दिन तयार थियो ।

Advertisement

विज्ञापन देखेर हरेकले सोचे, ‘यो कति नै ठूलो कुरा हो । म पनि एक सय दिनसम्म नौ घण्टा सुत्न सक्छु ।’ तर, के यो काम सोचेजस्तै सहज थियो ?

मस्त एवं निर्धक्क निदाउनु अहिलेको निम्ति चुनौती बनेको छ । मान्छेको निद्रा विथोलिएको छ । गहिरो र पर्याप्त निद्राको अभावमा मान्छेहरु दीर्घरोगी बन्दैछन् । चिकित्सकहरु भन्छन्, स्वस्थ जीवनका लागि दैनिक ७ वा आठ घण्टाको निद्रा जरुरी हुन्छ । तर, मान्छेले चाहेर पनि पर्याप्त एवं गहिरो निद्रा पाइरहेका छैनन् ।

रिसर्चले देखाउँछ, कोरोना कालमा बिरामबाट ठीक भएका हरेक दश जनामध्ये तीन जनाको निद्रा नराम्ररी विथोलिएको छ । अर्थात उनीहरु अनिद्राको शिकार भएका छन् । यद्यपि अनिद्रासँग जोडिएको सबै समस्या बिमार नहुन सक्छ । त्यसैले यो कुरा जान्न आवश्यक छ कि, अनिद्रा कुनबेला सामान्य वा कुनबेला जोखिमपूर्ण हुन्छ ?

निद्राको चरण

इन्स्टिच्युट अफ ह्युमन बिहेवियर एन्ड एलाइड साइन्सका वरिष्ठ मनोचिकित्सक डा. ओम प्रकाश भन्छन् कि, निद्राको एक चक्र ९० मिनेटको हुन्छ । एक रातको निद्रामा हामी लगभग यस्तो ४-५ साइकल पुरा गर्छौ ।

‘९० मिनेटको साइकलमो पहिलो चरणलाई नन रेपिड आइ मुभमेन्ट स्लीप -एनआरइएम) भनिन्छ । आम बोलिचालीको भाषामा यसलाई गहिरो निद्रा भनिन्छ । दोस्रो चरणको तुलनामा यो लामो हुन्छ ।

दोस्रो चरणलाई र्यापिड आई मुभमेन्ट स्लीप -आरइएम) भनिन्छ । यही चरणमा हामी धेरैजसो सपना देख्छौं । अक्सर यस समयको निद्रा हामीलाई याद हुन्छ ।

जब हामी सुतिरहेका हुन्छौं, क्रमस एनआरईएम घट्दै जान्छ र आरइएम बढ्दै जान्छ । जतिपनि मान्छेले अनिद्रासँग सम्बन्धित समस्याको बारेमा कुरा गर्छन्, उनीहरुमा यही दुई चरणसँग जोडिएको समस्या हुन्छ ।

जसलाई एनआरइएम चरणसँग जोडिएको समस्या हुन्छ, उनीहरु भन्छन् कि मलाई होश नै छैन । एकदमै राम्रो निद्रा आइरहेको थियो । जबकि आरइएमको चरणमा जसलाई समस्या हुन्छ, उनीहरु भन्छन् कि, मलाई बिहान चाडै निद्रा खुल्यो । सुत्नै सकिएन ।’

निद्रासँग जोडिएको समस्या कहिले हुन्छ जटिल ?

निद्रासँग जोडिएको समस्याबारे कुरा गर्ने हो भने केही किसिमको हुन्छ । जस्तो कि, निद्रा नलाग्नु, धेरै निद्रा आउनु, निद्रामा घुर्नु, निद्रामा टेरर एटेक हुन । कोरोनापछि जति मान्छेलाई निद्रासँग जोडिएको समस्या भएको छ, खासमा त्यो कुनै किसिमको डिसअर्डर होइन । केही व्यक्ति यसका अपवाद हुनसक्छन् ।

निद्राको केही समस्या हुनु र त्यससँग सम्बन्धित रोग हुनु दुई भिन्न भएको बताउँछन्, चिकित्सकहरु । जस्तो कि, भोक लाग्नु एक समस्या हो । तर, त्यसको साटो अगाडि जे भेटिन्छ त्यो खानु एक डिसअर्डर हो, बिमार हो ।

अधिकांश मान्छेलाई महिनामा तीन वा चार पटकसम्म निद्रा नलाग्ने समस्या हुन्छ । यस्तो स्थिती कुनै बिमार होइन । कोरोनापछि १० मा करिब ३ जनामा यस्तो समस्या छ । यसको मतलब यो समस्या हो तर यसले बिमारको रुप लिइसकेको छैन ।

डिप्रेसन, एन्जाइटी वा श्वासप्रश्वाससँग जोडिएको समस्या बढी देखिएको छ । यसको केही दुष्प्रभाव छ, स्मृति घट्नु, निर्णय लिने क्षमता नहुनु, मोटोपन बढ्नु । यी सबै खतरा मान्छेलाई थाहा हुन्छ, तर उनीहरुले नजरअन्दाज गरिरहेका हुन्छन् ।

निद्राको बिरामीको सुरुवाती लक्षण

पहिलो, पर्याप्त निद्रा लिन नसक्नु । वा निदाउने समयावधी छोटो हुनु ।

दोस्रो, निद्राको गुणस्तर कम हुनु ।

तेस्रो, निद्राको टाइमिङ नमिल्नु ।

यो कुरा पनि ध्यानमा राख्न जरुरी छ कि सबै व्यक्तिका लागि निद्राको जरुरत उस्तै हुँदैन । कतिपय व्यक्ति दिनमा पाँच वा छ घण्टा सुतेर पनि ताजा अनुभव गर्छन् ।उनीहरुलाई शर्ट टर्म स्लिपर भनिन्छ । कति व्यक्ति ८ देखि १० घण्टासम्म सुत्छन् । उनीहरुलाई लङ टर्म स्लिपर भनिन्छ । उनीहरुको यो समयावधीमा गडबड भयो भने त्यसलाई निद्रासँग जोडिएको बिमारको सुरुवाती लक्षण मानिन्छ ।

यदि लामो समयसम्म यसरी गडबड भइरह्यो भने चिकित्सकको परामर्श जरुरी हुन्छ ।

कोरोनापछि निद्रामा समस्या

चेन्नाई इन्स्टिच्युट अफ मेन्टल हेल्थका निर्देशक डाक्टर पूर्ण चन्दि्रका भन्छिन्, ‘कोरोनाको बेला मान्छेको जीवनशैली एकदमै बद्लियो । बिमार हुनसाथ अचानक आइसोलेसनमा बस्नुपर्यो । कहिले अस्पताल जानुपर्ने भयो । जो बिमार थिएनन्, उनीहरु पनि बाहिर जानु, साथीहरुसँग भेटघाट गर्नु, शारीरिक काम गर्नुबाट वञ्चित भए । उनीहरु धेरैजसो समय शोसल मिडियामा झ्याम्मिए ।’

विभिन्न किसिमको त्रास, भ्रम, अनिश्चितासँग जुध्नुपर्यो । यी सबैको असर निद्रामा पनि पर्‍यो ।

बीबीसीबाट भावनुवाद/अनलाइनखबर

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...