Comments Add Comment

मकवानपुर–२ मा महेशले मतान्तर बढाउँदै

मकवानपुर क्षेत्र नंम्बर २ अन्तर्गत प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले लगातार अग्रता लिईरहेका छन् । पछिल्लो ३६५७४ मत गणना गर्दा बर्तौलाले १४८९८ मत प्राप्त गरी अग्रता बनाएका छन् ।

त्यस्तै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विरोध खतिवडाले १३१४७ मत प्राप्त गरेका छन् । खतिवडा भन्दा बर्तौला १७५१ मतले अगाडी रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ४९२६ मत प्राप्त गरेका छन् । अहिले मत गणना जारी रहेको छ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै