मकवानपुरगढी वडा नं. ५ मा रहेकाे श्री ज्योती प्राथमिक बिद्यालयकाे विद्यार्थीलाई विद्यालय पाेशाक सहयाेग भएकाे छ । शुक्रबार एक कार्यक्रमका बिच पाेशाक वितरण गरेकाे हाे ।

समाजसेवी राजकुमार घिमिरेकाे पहलमा सरोज बराल, थुप्तेन राज ब्लोन र सहदेब ढुंगाना मिलेर विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई पाेशाक वितरण गरेकाे विद्यालयका प्रधानाध्यापक ओमनाथ घिमिरेले बताए । समाजसेवी घिमिरेकाे पहलमा यसअघि पनि दुई-तीन पटक यस विद्यालयका विद्यार्थीलाई स्टेश्नरीमा सामग्री तथा झाेलाहरु समेत सहयाेग गरिसकेका छन् ।विद्यालयले सहयाेग गर्ने तीन जनालाई धन्यवाद पत्र र राजकुमार घिमिरेलाई मायाकाे चिनाे प्रदान गरेकाे छ । विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष प्रेम बहादुर मुक्तानकाे सभाध्यक्षतामा विद्यार्थीलाई पाेशाक वितरण गरिएकाे हाे ।

पाेशाक वितरण कार्यक्रममा विद्यार्थी र अभिभावकहरु लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।