काठमाडौं : शान भुसालको नयाँ गीत ‘मायाको धुन’ सार्वजनिक भएको छ। पार्टी लभर लक्षित यो गीतमा रीतिका श्रेष्ठको शब्द रहेको छ भने शान भुसालले नै सङ्गीत भरेका छन्।

उत्पादन अल्मोडा राना उप्रेतीको रहेको गीतमा प्रदीप लामा र केविका कार्कीको अभिनय देख्न पाइन्छ। भिडियोको निर्देशन प्रदीप लामाले गरेका छन्। गीतको छायाङ्कन दोलालघाट र नगरकोटमा गरिएको गायक तथा सङ्गीतकार भुसालले बताए।

गीतको रेकर्डिङ अमेरिकाको डालस स्थित गुन्जन स्टुडियोमा गरिएको हो। गीतको मास्टरिङ मिक्सिङ भारतमा गरिएको हो। करिब २ दशक शास्त्रीय सङ्गीतमा साधनारत गायक भुसालका २ दर्जनभन्दा धेरै गीत रेकर्ड भएका छन। गायक तथा सङ्गीतकार भुसाल हाल अमेरिकामा छन्।

(भिडियाे)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू