‘म जुन बनिदिन्छु’ बोलको म्युजिक भिडियो गोलो प्रोडक्शनको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।  

प्रेमिल शैलीको यस गीतमा वरिष्ठ संगीतकार रंजित गजमेरको संगीत रहेको छ भने गोपाल लोहारको शब्द रहेको छ।  अहिलेको समयमा चर्चामा रहेकी  गायिका प्रविशा अधिकारी र गायक सुरेश लामाको यस गीतमा स्वर सुन्न  छ।  

गोदावरीमा छायांकन भएको म्युजिक भिडियोमा इन्ज़मम  अली खान र जानकी थापा बीचको प्रेम र रोमान्स देख्न  छ।  रोहिया महर्जनले कोरियोग्राफी गरेको यस भिडियोलाई दिर्घ गुरुङले छायांकन गरेका हुन्। विकाश दहालको भिडियोमा सम्पादन रहेको छ।  बिमल धमलाको  प्रोडक्शन डिजाईन रहेको यस भिडियोमा वरिष्ठ निर्देशक तुलसी घिमिरे प्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।  भीमा लोहार उत्पादक रहेको यस भिडियोलाई श्याम लामा र काजी लिम्बुको निर्देशनमा तयार पारिएको हो।