हेटौडा – रुद्रेश्वर टोल विकास संस्था हटौँडा –५ , पिप्लेको शनिवार भएको ११ औँ अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको छ । रुद्रेश्वर मन्दिर परिसरमा भएको उक्त अधिवेशनबाट राजु प्रधानको अध्यक्षतामा नयाँ कार्य समिति निर्माण भएको हो । हेटौँडा उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यतामा भएको सो अधिवेशनबाट उपाध्यक्ष, सचिव ,सहसचिव र कोषाध्यक्षमा क्रमश : रुक्मिणी सुवेदी , श्याम कुमार श्रेष्ठ, सुवास खनाल , अच्युत प्रसाद देवकोटा र सदस्यहरूमा क्रमश : चित्र बहादुर कार्की , रण बहादुर खनाल , मञ्जु पुडासैनी , रमिला चौलागाईँ , गोपाल बस्नेत र सृजना तिमल्सिना चयन हुनुभएको छ । सुधिर थापा , गाभाकृष्ण घिमिरे र पदम बहादुर बजगाई रहनु भएको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्य समिति चयन गरेको हो । अन्य पदहरू निर्विरोध रहेपनि अध्यक्ष पदमा बलराम पौडेल , सञ्जित कुमार श्रेष्ठ र राजु प्रधानको दावी रहेको थियो । पूर्व अध्यक्ष समेत रहीसक्नु भएका बलराम पौडेल र अर्का उम्मेदवार सञ्जित कुमार श्रेष्ठले दावी त्याग गर्नु भएपछि उम्मेदवार राजु प्रधान निर्विरोध हुनुभएको हो । अधिवेशनको माइन्युट प्रमाणित गर्ने समितिमा श्रीराम भट्टराई र राजु न्यौपाने रहनुभएको थियो । नयाँ अध्यक्ष निर्वाचित हुनुभएपछि प्रधानले रुद्रेश्वर टोललाई अघि बढाउन आफूले सक्रियता कायम राख्ने र सहमतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो साथै प्रमुख अतिथि बानियाँले टोल विकासहरू सक्रिय हुँदा वडाको विकास सहज हुने बताउनु भयो ।