पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा हेटौंडामा राँके जुलुस प्रदर्शन गरेका छन् । मंगलबार साँझ हेटौंडा बजारमा राप्रपा नेपाल निकटका युवाहरुले राँके जुलुस प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्दै उनिहरुले गठबन्धन सरकार मूल्यवृद्धि,मंहगि र भ्रष्टचार गर्न मात्र बनेको भन्दै ‘गठबन्धन सरकार मुर्दावाद’ को नारा लगाएका थिए ।

राँके जुलुस प्रदर्शन सानो पोखरा,बुद्धचोक हुँदै सिमाचोकमा कोणसभामा परिणत गरेको थिए । कोणसभामा कार्यक्रममा उनिहरुले सरकारले तत्काल मूल्य वृद्धि फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । प्रदर्शनमा ‘राष्ट्रवादीहरु एक हौ,कालोबजारी मुर्दावाद,गठबन्धन सरकार मुर्दावाद,राप्रपा नेपाल जिन्दावाद,यो सरकार हो कि माफिया ? ’ जस्ता लगाएतका नाराहरु लगाईएका थिए ।