अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय सदस्यामा मकवानपुरका टिका लामा निर्वाचित भएका छन् । सोमबार राती सम्पन्न मतगणना अनुसार लामाले ४१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । लामा मकवानपुर फुटबल संघका अध्यक्ष समेत रहेका छन् । त्यस्तै एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । नेम्वाङले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । पंकजविक्रमले ४५ मत प्राप्त गर्दा शेर्पाले ३९ मत मात्र प्राप्त गरेका थिए ।