अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् । सोमबार सम्पन्न गतगणनामा कर्माछिरिङ शेर्पालाई पराजित गर्दै नेम्वाङ विजयी भएको हो । कर्माछिरिङलाई ६ मतअन्तरले पराजित गरेको हो । नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्र पाए । अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने एक मत पनि पाएनन् ।

वरिष्ठ उपाध्यक्षमा नेम्वाङकै प्यानलका वीरबहादुर खड्का विजयी भएका छन् । उनले ४४ मत पाए भने शेर्पाको प्यानलका शिक्षित पराजुली ४० मत मात्र पाए । चार जना उपाध्यक्ष मध्ये ३ जना पंकजको प्यानलका निर्वािचत भएका छन् । दावा लामा, दिपक खतिवडा, बिराटजंग शाही प‌ंकजको प्यानलबाट निर्वाचित भएका हुन् । कर्माको प्यानलमा रहेका दुर्गाबहादुर केसी पनि ४३ मत ल्याएर अन्तिम चारमा रहँदै उपाध्यक्ष चुनिए । सुन्दर नरसिंह जोशी, उपेन्द्रमान सिंह, विज्ञानराज शर्मा र रत्नकुमार श्रेष्ठ पराजित भए ।