पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध हेटौंडामा विरोध प्रदर्शन गरेको छ । सोमबार साँझ नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा हेटौँडामा प्रर्दशन गरेको हो ।

प्रर्दशनको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन समेत गरेका छन् । हेटौंडा–४ स्थित बुद्धचोकमा भएको बिरोध कार्यक्रममा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको थियो । विरोध कार्यक्रममा अनेरास्ववियु मकवानपुरका नेताहरु लगायतकाको उपस्थिति रहेको थियो । सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने अनेरास्ववीयु मकवानपुरका संयोजक विशाल पौडेलले जनाकारी दिए ।