Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

एकाबिहानै मकवानपुरमा २ वटा शव फेला

Company Register

आज बिहान मकवानपुरको छुट्टाछुट्टै स्थानमा दुईवटा शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नंम्बर २ संगमचोक र बकैया गाउँपालिकामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएका छन् । हेटौंडा –२ संगमचोमा कोठाभित्र एक पुरुषको मृत अवस्थामा शव फेला परेका छन् । बिहान ढिलोसम्म सुतेपछि बोलाउन जाँदा उनि मृत अवस्थामा फेला परेको हो ।मृत अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटना स्थल पुगेको छ ।

Advertisement

त्यस्तै आज बिहान बकैयामा पनि एक पुरुषको मृत शव फेला परेको छ । बकैया गाउँपालिका वडा नंम्बर ३ मा रहेको बकैया खोलाको पुलमा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरी जानकारी दिएका छन् । पुलमा स्थानीय क्रसर उद्योगमा कार्यरत दाङका करिब ४५ बर्षीय मजदुर मृत अवस्थामा फेला परेका हुन् । उनको आत्महत्या हो वा अन्य केही भन्ने बारेमा खुलेको छैन ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...