‘कनेक्टिभिटी’ बारे प्रदेश ५ का मुख्यमन्त्री र चिनियाँ टोलीबीच छलफल

अनलाइन पत्र संवाददाता२०७६-०४-२१ No Comments

बुटवलः चिनियाँ वेल्ट एण्ड रोड इनिसिएटिभ ( विआआई) विज्ञ टोलीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग भेटवार्ता गरेका छन्। भेटमा चीनको वृहत आयोजना  विआरआई र यसको कार्यान्वयनले नेपाल र प्रदेश ५ ले लिने फाइदाबारे छलफल भएको छ।  चाइना एकेडेमिक अफ साइन्सका प्राध्यापक लीउ वी डोउको नेतृत्वमा आएको आठ सदस्यीय टोलीले विआरआईमार्फत गर्न सकिने काम र संभावना बारे मुख्मयन्त्रीसँग जानकारी लिएको थियो।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्रीले प्रदेश ५ को विशेषता र संभावना तथा बुद्ध र बौद्ध दर्शनको प्रभावबारे जानकारी गराउँदै विआरआईमार्फत नेपाल र प्रदेश ५ ले लाभ लिने विश्वास व्यक्त गरे। उनले नेपालमा विआरआई कनेक्टिभिटीको एक महत्वपूर्ण हिस्सा प्रदेश ५ रहेको समेत बताए।

मुख्यमन्त्री पोखरेलले केरुङ–काठमाडौं लुम्बिनी रेलवेको काम छिटो अघि बढाउँदा लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने र यो क्षेत्र महत्वपूर्ण सम्पर्कविन्दू हुन सक्ने बताए। उनले कालीगण्डकी करिडोरले बढाउने कनेक्टिभिटी  र ल्याउने अवसरबारे विस्तृत अध्ययन गर्नुपर्नेमा जोड दिए।  प्राध्यापक लीउ वी डोउले मुख्यमन्त्रीसँग महत्वपूर्ण छलफल भएको र समय दिएकोमा धन्यवाद दिए। विआरआई परियोजनामार्फत चीनले आफूसँगै छिमेकको विकास र उन्नतिलाई जोड्न चाहेकोले आगामी दिनमा पनि छलफल गर्दै अघि बढ्ने बताए। 

Ad
Ad