Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय मकवानपुरको शिक्षाप्रति सन्तुष्ट

Company Register

शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयले आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरको सं‌योजनामा आज कोभिड १९ को संक्रमणपछिको शिक्षा विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटा तथा हरि प्रसाद खनालको उपस्थिती रहेको कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुर प्रमुख लिलानाथ गौतमले सञ्चालन गर्नुभएको हो ।

Advertisement

कार्यक्रममा बोल्दै शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले मकवानपुरको अभ्यास सुनिसकेपछि आफू यस जिल्लाको शैक्षिक गतिविधिप्रति सन्तुष्ट रहेको बताउनुभएको हो । मन्त्रालयले दिएका पाँच बिकल्पमध्ये आफ्नो परिवेश अनुकूल यहाँका विद्यालयले अपनाएका शैक्षिक अभ्यासहरु सरहानीय रहेको भन्दै थप प्रभावकारितामा लाग्न पनि आग्रह गर्नुभयो ।

कोभिड १९ को संक्रमणपछिको शिक्षा सन्दर्भमा शिक्षा मन्त्रालयले अघि सारेको पाँचवटा बिकल्पको कार्यान्वयन सन्दर्भमा आयोजना भएको कार्यक्रममा मकवानपुर जिल्लाका शिक्षाका बिभिन्न सरोकारवाला पक्षले आ-आफ्नो धारणा प्रस्तुत गरिका थिए । औपचारिक शिक्षाको बिकल्पमा रेडियो ३१% टेलिभिजन ६२.% इन्टर नेट पहुँच ३२.७९% टिभीबाट हुने पढाइ कार्यक्रमको प्रभावकारिता बारे पनि कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा बोल्दै मन्त्रालयका सहसचिव रामशरण सापकोटाले मकवानपुर जिल्लामा देशका अन्य जिल्लाभन्दा द्रुत गतिमा मन्त्रालयले सुझाएको पाँच बिकल्पमध्ये उपयुक्त अपनाइएको पाइएकोले खुशी ब्यक्त समेत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले संगठनले लकडाउन अवधिभर ३ वटा मोड्यूलमा कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । जसमा पहिलो शिक्षकलाइ प्रविधी मैत्री तालिम त्यसैगरी अर्को पेशागत क्षमता विकास र शिक्षकका नवप्रवर्तनीय कार्यको उजागर रहेको बताउनुभयो । नवप्रवर्तनीय कार्यको उजागर अन्तर्गत आषाढ २० गतेदेखि ती शिक्षकका नवीन प्रयासलाइ राष्ट्रिय रुपमै प्रदर्शन गर्नेगरी बिभन्न सञ्चार माध्यमबाट खिचिएका भिडियो सहितको कार्यक्रम प्रशारण हुने बताउनुभएको हो । यसैगरी शिक्षक संघ मकवानपुर उपाध्यक्ष गणेशप्रसाद हुमगाइले पनि मकवानपुरका शिक्षकहरु लकडाउनभर सिक्ने र सिकाउने कार्यमै ब्यस्त रही राष्टि्रय स्तरमै ख्याती कमाएको प्रष्ट पार्नुभयो । महासंघ सचिव राजु गौतमले भने दिइएका बिकल्प सबै ठाउँमा समान रुपले लागू हुन नसक्ने भन्दै फराकिलो दृष्टिकोणले ब्याख्या गर्नुपर्नेमा जोड दिनुभयो ।

इश्वरी प्रावि मकवानपुरका प्रधानाध्यापक सुनिल गौतमले प्राविधिक संयोजन गर्नुभएको कार्यक्रममा जिल्लाभरबाट प्रतिनिधिमूलक सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा प्रमूख कृष्ण प्रसाद घिमिरे, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल, शिक्षक महासंघ मकवानपुर अध्यक्ष जीधराज ढकाल, सचिव राजु गौतम, हेटौंडा नगर अध्यक्ष दीपक अधिकारी, शिक्षक संघबाट गणेशप्रसाद हुमागाइ, प्याब्सन मकवानपुरबाट बिनोद सुवेदी, बंशगोपाल मावि प्रअ रमेशप्रसाद लामिछाने, सिद्धार्थ मावि प्रअ मोहन शर्मा, आधुनिक मावि प्रअ बिर बैठा, चन्द्रोदय मावि का प्रधानाध्यापक दीपू थापा, पशुपती माविबाट भानुभक्त आचार्य,कालिका मावि बाट रामप्रसाद कालाखेती, जनता माविबाट होम बहादुर नेपाली लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरबाट कृष्ण प्रसाद पौडेल, हेटौंडा नगर शिक्षा प्रमूख पूर्ण बहादुर अछामी, मकवानपुरगढी बाट शिक्षा प्रमूख राम बहादुर घलान, भीमफेदी बाट कपिलमणी रेग्मी, मनहरि बाट हरिशचन्द्र सापकोटा, राक्सिराङबाट प्रदिप पराजुली लगायतकाको उपस्थिती रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...