विश्वमा आतंक मच्चाउने अनि महामारीको प्रकोप फैलाउने धेरै भाइरस र रोगहरु छन् । जसमध्ये ७ महिना अगाडि चीनको हुवान सहरबाट कोरोना भाइरसको संक्रमण देखाप¥यो । कोरोनालाई साधारण भाइरस जस्तो मानियो तर यो त निकै डरलाग्दो खतरनाक भाइरसको रुपमा विश्व स्वास्थ संगठन (WHO- World Health Organaization) ले सावित गरिसकेको छ । कोरोनालाई सरल भाषामा भाइरस भनिएता पनि यो एक खतरनाक रोगको भाइरस हो यस भाइरसलाई कोभिड–१९ पनि भनिएको छ ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएकाले यो भाइरस एक देशमा मात्र नभई आज विश्वका सबैजसो देसहरुमा फैलिसकेको छ । कोरोना लाग्दा रुघाखोकि लाग्ने, शरीर शिथिल हुने, थकाई लाग्ने, ज्वरो १०४ डिग्रीभन्दा बढि आउने आदि जस्ता समस्याहरु देखिन्छ । यस महामारीको प्रकोप फैलिन नदिनको लागि विश्वका धेरै देशका वैज्ञानिकहरुले यस विरुद्धको खोप तथा भ्याक्सिनको परीक्षण र अनुसन्धान गरिरहेका छन् तर पनि सफलता पाउन भने सकेको छैन । आजको वैज्ञानिक चमत्कारी युगमा पनि यसमा सफलता पाउन नसक्नु स्वास्थ्य तथा विज्ञान क्षेत्रलाई चुनौतीको रुपमा देखापरिरहेको छ । यसरी कोरोना चीनको हुवान सहरबाट फैलिई सारा विश्वव्यापी रुपमा चुनौतीको रुपमा देखापरेको छ तर यसलाई हामीले केहि हदसम्म भने नियन्त्रण गर्न सक्दछौं । जसका लागि भीडभाडमा नजाने, कम्तिमा २ मिटरको सामाजिक दुरी कायम गर्ने, माक्सको उचित प्रयोग गर्ने, बेलाबेलामा साबुन पानीले हात धुने जस्ता सावधानिका उपायहरु अपनाउनुपर्दछ ।
कोरोनाको कारण आज विश्वका धेरैजसो देसहरु लकडाउनको स्थितीमा पुगेका छन् । यस रोगको संक्रमणलाई केहि हदसम्म नियन्त्रण गर्ने यो भन्दा उत्तम विकल्प अरु छैन । आजको मितिसम्म यस कोरोनाबाट १ करोड १० लाखको हाराहारीमा यसको संक्रमणबाट मानिसहरु प्रभावित भएका छन् भने लगभग ५ लाख २० हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् जसमध्ये ६० प्रतिशतको हाराहारीमा निको भएर घर फर्किसकेका छन् । यसरी दिनानु दिन यसबाट प्रभावित हुनेको संख्या बढिरहेको छ । नेपालमा पनि यसको प्रभाव अत्यन्तै बढि पाइएको छ । यसको संक्रमण हुनेको संख्या दैनिक बढिरहेको छ भने ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ त्यसैगरी निको भई घर फर्कनेको संख्या पनि बढिरहेको छ । यसलाई विश्व स्वास्थ्य संगठनले पनि यसलाई प्राणघातक रोग भन्ने सावित गरिसकेको छ ।
आज कोरोनाको कारण विश्वको अर्थतन्त्र र विकासका कार्यहरुमा गहिरो प्रभाव परेको छ । मानिसको जन–जीवन सामान्य रुपमा फर्कन सकेको छैन । मानिसहरु घरभित्र बस्न बाध्य भएका छन् । देशको लकडाउनसंगै मानिसहरुको मनोविज्ञानमा पनि परिवर्तन आएको छ । यसको कारण व्यक्तिगत, आर्थिक, सामाजिक तथा राजनीतिक लगाएत विभिन्न क्षेत्रहरुमा प्रभाव गरको छ । यसका साथसाथै विविध क्षेत्रमा असर परेको छ । मानिसहरु समयमा खान नपाईरहेका छन्् भने अपराधिक क्रियाकलाप (जस्तै ः चोरी, बलात्कार, हत्या) मा संलग्न भइरहेका छन् । मानिसहरु आत्माहत्याका बाटोतिर लागिरहेका छन् । यसरी यसबाट विविध क्षेत्रमा नकारात्मक असरहरु परिरहेको छ । यता प्राकृतिक वातावरणमा भने ठूलो परिवर्तन आएको छ ।
वास्तवमा, कोरोनाको प्रभाव जुन–जुन क्षेत्रमा परेको भएता पनि वातावरणमा भने सकारात्मक परिवर्तन आएको छ । विश्वका ठूला–ठूला कलकारखानाबाट निसक्ने धुवाधुलो, उत्पादन तथा निमार्णका मेशिनबाट निसक्ने रसायनहरु, सवारीसाधनबाट निसक्ने धुवाधुलोहरु त्यसैगरी मानिसहरुको विलासीताको साधनहरुबाट निस्कने ग्यास तथा बिशादीहरुबाट वातावरणीय प्रदुषण तीब्रगतिमा बढिरहेको थियो यस लकडाउन संगै सबै क्रियाकलापहरु बन्द हुँदा सम्पूर्ण धुवाधुलो,ग्यास तथा रसायनहरुमा कमि भई वातावरण मुकुराइरहेको छ । बाँजो बारीहरु पुन उब्जनीबालीको रुपमा परिणत भएको छ । वातावरणीय प्रदुषणमा भएको कमीले गर्दा ओजोन सहतमा पातलिने क्रम घट्दो छ । वातावरणीय प्रदुषणमा भएको कमीले वातावरण स्वच्छ भएको छ । हिमाल मुसकुराएको छ त्यसैगरी सुन्दर खोलानालाहरु प्र्रदुषण बिना आफ्नो गति लिइरहेका छन् त्यसैगरी बनजंगल पनि स्वच्छ भएसंगै वन्यजीवहरु पुन सुधार हुदै गएको पाईन्छ । सिमसार क्षेत्रहरुमा पुन मुहार फेरिदै छ । प्राकृतिक वातावरण स्वस्छ भएसंगै यस पृथ्वीमा जीवित जीवहरुलाई पनि राहात मिलेको छ । वातावरण प्रदुषणले बर्सेनी लोकोन्मुख जीवजन्तुहरुको लोप हुनबाट बचेका छन् । प्राकृतिक वातावरण स्वस्छ रहँदा सम्पूर्ण जीवहरुलाई राहात पुगेको छ । यसरी कोभिड–१९ को प्रभावले पृथ्वीमा जीवित मानिस तथा अन्य जीवलाई अवगत के गराएको छ भने हामी प्रकृतिमा रहनको लागि स्वच्छ वातावरण, स्वच्छ हावापानीको आवश्यता पर्दछ । त्यसले भौतिक प्रदुषण हुने क्रियाकलापहरु कम गरौ र यसबाट बच्नको लागि अरुलाई पनि पहल गरौ । कोभिड–१९ ले जे जति प्रभाव पारेपनि वातावरणलाई स्वच्छ तथा हरियाली बनाउन मद्दत गरेको छ । यस रोगलाई त केहि समय लाग्ला तर समाधान गर्न सकिन्छ तर, प्राकृतिक वातावरण एकपटक नाश भएपछि पुन अवस्थामा ल्याउन गाह्रो छ त्यसैले कोभिडको चुनौतीलाई वातावरण संरक्षणको अवसरको रुपमा पनि लिन सकिन्छ ।
यसरी कोभिड–१९ को भयावह स्थितीको उत्पति भएको छ । यसबाट प्रायजसो सबै क्षेत्र प्रभावित भएका छन् । त्यसकारण हामीले यस रोगसँग लड्न सामना गर्नुको अरु विकल्प छैन । यसको लागि हामीले आत्माबालको विकास गर्नुपर्छ । विज्ञान तथा स्वाथ्य क्षेत्रले यस रोगको खोप तथा भ्याक्सिनको तयार नहुन्जेल हामीले यसको मापदण्ड अनुसारको नियमहरु पालना गर्नु नै उत्तम विकल्प हो यसबाट आफू पनि बचौं अनि अरुलाई पनि बचाऔं ।
लेखक : बिनिसा खत्री