Comments Add Comment

पोखरामा राइडर मेनिया हुने

फोर नेपालको आयोजनामा आउँदो माघ महिनामा ‘बिओबिएमसी राइडर मेनिया’ नाममा अन्तर्राष्ट्रिय मोटरसाइकल महोत्सव हुने भएको छ।

नेपाल भ्रमण वर्ष २०२० को सुरुमा जनवरी २४ देखि २७ (माघ १० देखि १३ गते) सम्म पोखराको पामेमा हुने राइडर मेनियामा नेपाल, भारत र भुटानलगायत विभिन्न देशका ३५ सय एडभेन्चर बाइकरको सहभागिता रहने अपेक्षा गरिएको छ। नेपालमा भ्रमणसँगै मोटर बाइकिङ, रोड सेफ्टीलगायतका विषयमा जनचेतना जगाउने उद्देश्य राखिएको कार्यक्रममा बाइकरहरूले संयमित भएर बाइक कुदाउने कला प्रस्तुत गर्नेछन्।

महोत्सवमा मोटरसाइकलसम्बन्धी मनोरञ्जनात्मक तथा साहसिक खेल र प्रतियोगिता हुने बताइएको छ । महोत्सवमा २० भन्दा बढी शीर्षकमा प्रतिस्पर्धा हुने सोमबार पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर