कुलेखानी ड्याममा पानीको बहाव बढेसँगै खतराको संकेत , ओभर पानी फाल्ने तयारीमा

Company Register

Advertisement

मकवानपुरको इन्द्रसरोवर गाँउपालिकामा रहेको कुलेखानी जलविद्यूत् आयोजना जलाशय ड्याम भरीएर खतराको संकेत देखिएपछी पानी ओभर फाल्ने भएको छ । लगातर वर्षाका कारण दिनहुँजसो ड्यामको क्षमता भन्दा बढी पानी उत्पादन भएपछी जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले यस्तो निर्णय गरेको हो ।

ya thau khali xa


कुलेखानीको क्षमता भन्दा बढी पानी भरिएकोले आज बिहान ८ बजेपछि ओभर पानी फाल्न ढोका खोल्ने भएको छ । ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसारेवर, बागमती गाउँपालिका, यता सर्लाही, रौतहट, सिंधुली जिल्लाका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ । बागमती खोला भएर कुलेखानीको पानी बग्ने भएकाले बेलैमा सचेत रहन आग्रह गरिएको प्रजिअ तामाङले जानकारी दिनुभयो । कुलेखानीमा क्षमता भन्दा बढी पानी भरीएमा त्यहाँबाट बग्ने पानीले चार जिल्लामा खोला आसपासका जिल्लामा बाढीको खतरा हुने भएकाले सत्रर्क रहनका लागि मकवापनुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आग्रह गर्नुभएको छ ।


कुलेखानीको क्षमता कुल १५ सय ३० मिटर रहेको छ । बिहान ६ बजे सम्ममा १५ सय २५ दशमलब ४ मिटर पानी भरीइसकेको छ । प्रतिघण्टा २ मिटरका दरले पानी बढिरहेको र इन्द्रसरोवरको ड्याममा संकेत देखिएकाले पानी बाहिर निकाल्नुपरेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- janapatra.com
Website Designe 1024×117
Loading...