विश्वकप क्रिकेटको उपाधि ईङल्यान्डको पोल्टामा

Company Register

इङ्ल्यान्डले वान डे विश्वकप क्रिकेट २०१९को उपाधि हात पारेको छ । लर्डस स्टेडियममा अघिल्लो संस्करणको उपविजेता न्युजिल्यान्डको उपाधि जित्ने सपनामा धक्का दिँदै इङ्ल्यान्डले उपाधि उचालेको हो । निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेर इङ्ल्यान्डले उपाधि हात पार्न सफल भएको हो । सुपर ओभरमा इङल्यान्डले १५ रन बनाउन सफल भयो । उसका लागि जोस बटलर र बेन स्टोक्सले सुपर ओभरमा ब्याटिङ गरेका थिए । सुपर ओभरमा ब्याटिङमा पुगेका मार्टिन गुप्तिल एक बलमा २ रन चाहिएको अवस्थमा रनआउट हुन पुगेपछि उपाधि न्युजिल्यान्डले जितेको हो ।

Advertisement

ya thau khali xa

निर्धारित समय र सुपर ओभरमा पनि खेल बराबरी भएपछि बाउन्ड्री अनुसार उपाधि इङ्ल्यान्डले उचालेको हो । सुपर ओभरमा पनि दुवैले १५– १५ रन बनाएपछि खेलभर धेरै बाउन्ड्री प्रहार गरेको आधारमा उपाधि इङ्ल्यान्डको हात पारेको हो । ईङल्याण्ड २७ वर्षपछि फाइनलमा पुग्दै न्यूजिल्यान्डले दिएको २४१ रनको चुनौती पछ्याउँदै सबै विकेट गुमाएर २४१ रन नै बनाएको थियो ।

त्यसपछि सुपर ओभरबाट इङ्ल्यान्डले उपाधि आफ्नो पोल्टामा पारेको हो । सन् २०१५ मा अस्ट्रेलियासँग पराजित न्युजिल्यान्ड भने यो पटक पनि अभागी सावित भयो । इङ्ल्यान्डलाई जिताउने क्रममा बेन स्टोक्सले सानदार पारी खेले । उनले ९८ बलमा ८४ रन बनाए । जोस बट्लरले ६० बलमा ५९ रनको अर्धसतकीय पारी खेले । उनले आफ्नो पारीमा ६ चौका पनि प्रहार गरेका थिए । त्यसैगरी इङ्ल्यान्डलाई च्याम्पियन बनाउन जेएम बोरिसोभले ५५ बलमा ३६ रनको योगदान दिए । यसअघि लण्डनको लर्डस् मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पूरा ५० ओभरमा ८ विकेट गुमाउदै २ सय ४१ रन बनाएको थियो । न्यूजिल्यान्डका लागि हेनरी निकोलसले सर्वाधिक ५५ रन बनाए । कप्तान केन विलियम्सनले ३० रन जोडे । इंग्ल्यान्डका क्रिस ओक्स र लियाम प्लूनकेटले समान ३–३ विकेट लिए । दुवै टोली पहिलो पटक विश्वकपको उपाधि चुम्ने लक्ष्यसहित मैदानमा उत्रिएका थिए । न्युजिल्यान्ड सन् २०१५ को विश्वकपको उपविजेता हो । क्रिकेटको जननी इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको फाइनलमा पुग्दै च्याम्पियन भएको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...