Comments Add Comment

डब्लुसीएल क्रिकेटः उपाधिका लागि काठमाडौं र चितवन भिड्दै

पहिलो पटक आयोजना भएको वुमन्स च्याम्पियन्स लिग ९डब्लुसीएल० टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।

क्याट काठमाडौं क्विन्स र चितवन राइनोजबीच उपाधिको लागि भिडन्त हुनेछ । दुबै टोलीको लक्ष्य उपाधि चुम्ने रहेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगलबार भएको इलिमिनेटर खेलमा विराटनगर टाईटन्सलाई ९ विकेटले पराजित गर्दै काठमाडौं फाइनलमा पुगेको हो । चितवन लिगको शीर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको थियो ।

प्रतियोगिताको विजेता टोलीले ७ लाख पाउनेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । यस्तै, व्यक्तिगत पुरस्कारतर्फ प्लेयर अफ दि म्याचले १ सय २५ सीसीको टीयीएसको स्कुटरसहित ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट बलिङ र ब्याटिङ गर्नेलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिनेछ । प्रतियोगितामा देशभरका ५ शहरका ५ टिम सहभागीता जनाएका थिए । ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल रोयल्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइटन्सले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर