धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । तोकिएको समयभन्दा झण्डै दुई महिना ढिला गरी रंगशालाको डीपीआर तयार भएको हो ।डीपीआर तयार भय पछी सिताराम कट्टेल (धुर्मुस)ले आफ्नो फेसबुकमा एक स्टार्स मार्फत यस्तो भनेका छन :जनस्तरबाट निर्माण हुने नेपालको पहिलो गौत्तम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको बिस्तृत गुरु योजना(DPR) तयार भइ सो सम्बन्धमा थप सुझाब सल्लाहका लागि आज भरतपुर महानगरपालिकाको कार्यालयमा सम्पुर्ण राजनितिक दल,माननिय सासद,स्थानीय जनप्रतिनिधिहरु,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,उधोगी ब्यबसायिहरु,बिसय बिज्ञहरु,सन्चारकर्मिहरुको उपस्थितिमा गुरुयोजना(DPR) presentation गर्ने कार्य सम्पन्न भयो।
उपस्थित महानुभाबहरुले DPR उत्कृष्ट रहेको प्रतिकृया दिनु भएको छ।हामी सम्बन्धित मन्त्रालय,खेलकुद परिषद,नेपाल क्रीकेट संघमा समेत DPR प्रस्तुति गर्नेछौ। र त्यस पश्च्यात थप आएका सल्लाह सुझाबको आधारमा DPR लाई फाईनल रुप दिनेछौ।रंगशाला निर्माणको लागि गठित प्राबिधिक समितिको निर्देशनमा क्रीयटिभ डिजाइन आर्किटेक प्रा लिको नेतृत्वमा ईन्डियन र अमेरिकन कन्सलटेन्सिको सहकार्यमा Dpr तयार भएको समेत जानकारी गराउदछु।