सामाजिक संजालमा पोष्ट भएका कमेन्टका कारण यतिबेला केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्ना धामी सर्वत्र आलोचनाको शिकार बनेकी छन् ।केदारस्युँ– ७ का नाताले जेठाजू पर्ने राजु जाग्रीसँगको कमेन्टको दोहोरी त्यसमाथि फोनवार्ता नै सार्वजनिक भएपछि उपाध्यक्ष धामीले चर्को आलोचना खेप्नु परेको हो ।

फेसबुक पोष्टमा ‘घूस खाएको’ भन्ने कमेन्ट गरेको भन्दै उपाध्यक्ष धामीले जाग्रीलाई अपशब्द प्रयोग गरी फेसबुकमै गाली गरेकी छन् । त्यति मात्र होइन धामीले फोन गरेरै जेठाजु जाग्रीलाई अपाच्य शब्द प्रयोग गर्दै झपारेको प्रष्ट सुन्न सकिन्छ । जाग्रीले पनि भेट्न आग्रहसहित फोन रेकर्ड गरिरहेको जानकारी गराउँदै धामीलाई झपारेका छन् ।सुन्नुहोस् जेठाजु-बुहारीबीचको

फोनवार्ता –

https://youtu.be/yyFJSex0s_o