Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोपा अमेरिका : अर्जेन्टिना फाईनल प्रवेश , शनिबार उपाधिका लागि ब्राजिलसँग भिड्ने

Company Register

कोलम्बियालाई ट्राईब्रेकरमा हराउँदै अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। आज बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई ट्राईब्रेकरमा ३–२ गोल अन्तरले हरायो। कोलम्बियाका लागि यरी मिना, कर्डोना र डेनियल सान्चेजले पेनाल्टी मिस गरेका थिए। त्यस्तै अर्जेन्टिनाबाट रोड्रीगो डी पाउलले पेनाल्टी मिस गरेका थिए।

Advertisement

खेलको निर्धारित ९० मिनेटमा दुवै टिम १–१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय ट्राईब्रेकरबाट भएको थियो। यस अघि ९० मिनेटको खेलमा अर्जेन्टिनाका लागि लाउतारो मार्टिनजले खेलको सातौ मिनेटमा गोल गरेका थिए भने कोलम्बियाका लागि लुइस डियाजले खेलको ६१औ मिनेटमा गोल गरेका थिए। योसहित अर्जेन्टिना २९औ पटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ। पछिल्लो पटक २०१६ मा फाइनलमा पुगेको अर्जेन्टिना उपविजेता बनेको थियो। अर्जेन्टिनाले १९९३ यता कोपा अमेरिकाको उपाधि जित्न सकेको छैन। अब अर्जेन्टिना फाइनलमा ब्राजिलसँग खेल्ने छ। फाइनल खेल नेपाली समय अनुसार शनिबार बिहान हुने छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...