यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

क्यानले २२ खेलाडीलाई बोलाए बन्द प्रशिक्षणमा


नेपाल क्रिकेट संघ ९क्यान० ले आगमी अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै २२ जना राष्ट्रिय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । मंसिर दोस्रो सातादेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षणका लागि क्यानले २२ खेलाडीको नाम सार्वजनिक गरेको हो । क्यानले राष्ट्रिय टिमका व्यवस्थापक विक्रम न्यौपानेलाई पत्र लेख्दै २२ खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।

Advertisement
प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ । क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा रहेका २० र थप दुई गरी २२ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिने भएको हो । सेन्ट्रल कन्ट्रयाक्टमा नभएकामध्ये किशोर महतो र भुवन कार्कीलाई पनि सूचीमा राखिएको छ । आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजर गर्दै तथा हालको अवस्थामा नेपाल सरकारको नीति निर्देशन अनुसारको सावधानीका उपाय एवं सुरक्षा नीतिको अबलम्बन गर्दै मंसिर १० गतेदिख काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्न लागिएको क्यानले जनाएको छ । प्रशिक्षणका लागि मंसिर ८ गते पिसिआर परिक्षण गरिने भएकोले छनोट भएका २२ खेलाडीलाई र प्रशिक्षकलाई उक्त मितिभित्र क्यानमा सम्पर्कमा आउन पनि सूचित गरिएको छ । पीसीआर रिपोर्ट नेगेटिभ आउने खेलाडीहरुलाई मात्र बन्द प्रशिक्षण शिविरमा समावेश गरिने पनि क्यानले जनाएको छ ।
प्रशिक्षणका लागि छनोट भएका खेलाडीहरु ज्ञानेन्द्र मल्ल ९कप्तान०, सन्दीप लामिछाने, वसन्त रेग्मी, सुसन भारी, पवन सरार्फ, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, भुवन कार्की, दीपेन्द्रसिंह ऐरी ९उपकप्तान०, शरद भेषावकर, विनोद भण्डारी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, कुशल मल्ल, सन्दीप जोरा, पारस खड्का, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल, राशिद खान र किशोर महतो रहेका छन् ।