Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आईपिएल : कोलकाताको पहिलो जित

Company Register

इन्डियन प्रिमियर लिग (आइपिएलं)मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । यो कोलकाताको पहिलो जित हो । याृ हारसँगै हैदराबादको लगातार दोस्रो हार हो । जितको लागि १ सय ४३ रनको विजयी लक्ष्य पछ्याएको कोलकाताले तीन विकेटको क्षतिमा १८ ओभरमा पुरा गर्यो । कोलकाताको जितमा युवा ब्याट्सम्यान तथा ओपनर सुवमन गिल ६२ बलमा ५ चौका र २ छक्का सहित ७० रनमा अविजित रहे । ओईन मोर्गन २९ बलमा ३ चौका र २ छक्का सहित ४२ रनमा अविजित रहे ।

Advertisement

हैदराबादलाई ओपनर जोनी बेयरस्टो र डेभिड वार्नरले ४ ओभरमा २४ रनको साझेदारी गरेका थिए । चौथो ओभरको अन्तिम बलमा प्याट कमिन्सले बेयरस्टोलाई ५ रनमा बोल्ड आउट गरे । त्यसभन्दा अघिल्लो बलमा रिभ्यु लिदै बचेका बेयरस्टो कमिन्सको अफकटर बलमा बोल्ड आउट हुन पुगेका थिए । हैदराबादले तेस्रो खेल दिल्ली क्यापिटल्ससँग २९ सेप्टेम्बरमा खेल्ने छ । कोलकाताले ३० सेप्टेम्बरमा राजस्थान रोयल्सँग खेल्ने छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...