यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन शुरु


जिल्ला प्रशासन कार्यालय डोटीले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण संकलनका काम शुरु गरेको छ । गत वर्षदेखि नै शुरु भएको उक्त कार्यक्रम कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण रोकिएको थियो । कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका आवश्यक उपाय अवलम्बन गरी सामाजिक दूरी कायम गरेर शनिबारबाट जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलनका काम शुरु गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराइले बताए ।

Advertisement
उनले राष्ट्रिय परिचयपत्रले व्यक्तिका सबै विवरण बुझाउने हुँदा सबैलाई नागरिकताको सक्कलै प्रति अनिवार्य बोकेर जिल्ला प्रशासन कार्यालयमा आउनसमेत आग्रह गरे । जिल्लाका नौ वटै स्थानीय तहका नागरिकको राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत शिबकुमार राईले बताए । उनले भने, “राष्ट्रिय परिचयपत्रका लागि विवरण पेश गर्न आएका सबै जनाको हामीले विवरण संकलन गर्न थालेका छौँ, सक्कल नागरिकता बोकेर आएका सबैको विवरण संकलन गरिने छ ।” जिल्ला प्रशासनले नागरिकता बनाउन आउने सबै व्यक्तिको अबदेखि राष्ट्रिय परिचयपत्रका लागि समेत विवरण संकलन गर्ने प्रजिअ भट्टराईले बताए ।