नेपालले कतारलाई ८ विकेटले हरायो

अनलाइन पत्र संवाददाता२०८१-१२-२७ No Comments

नेपालले चारदेशीय टी–२० आई सिरिजमा  विजयी सुरुआत गरेको छ ।

नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध आठ विकेटको जित निकाल्यो। कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहितकुमार पौडेलले अविजित ३७, आसिफ शेखले ३३ र बसिर अहमदले अविजित ३० रन बनाए।

पहिलो विकेटका लागि कुशल र आसिफले ८१ र तेस्रो विकेटका लागि रोहित र बसिरले अविजित ६२ रनको साझेदारी गरे।कतारका लागि दुवै विकेट मुजिबउर रहमानले लिए।  त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो।

 

कतारका लागि कप्तान इक्रमउल्लाह खानले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे।

शहजाद जामिलले ३१, मुजिबउर रहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगा गणेश नागराजनले १३ रन बनाए।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिए।

 

प्रतियोगितामा आजै आयोजक हङकङ र कुवेतले खेल्नेछन्।  नेपालले भोलि कुवेतसँग खेल्नेछ भने शनिबार आयोजक हङकङसँग खेल्ने तालिका  छ।

तालिकाका शीर्ष दुई टोलीले फाइनल खेल खेल्नेछन्। फाइनल खेल आगामी आइतबार हुनेछ। सोही दिन तेस्रो र चौथो स्थानका टोली एक आपसमा भिड्ने छन्।

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad