स्पेनिस ला लिगाको नयाँ सिजनमा साविकको विजेता रियल म्याड्रिडले पहिलो जित दर्ता गरेको छ । रियल म्याड्रिडले १० खेलाडीमा समेटिएको रियल बेटिसमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । पहिलो खेलमा रियल रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको थियो । रियलको जितमा मिडफिल्डर फेडरिको भाल्भेर्डे र कप्तान सर्जियो रोमोसले गोल गर्दा एक गोल उपहार पाएको थियो । घरेलु टोलीका आइसा मान्डी र विलियम कार्भाल्होले गोल गरे ।
१४औं मिनेटमा फेडरिको भाल्भेर्डेको गोलबाट अग्रता लियो । उनले करिम बेन्जेमाको पासमा क्लोज रेन्जबाट वान टचमा उत्कृष्ट फिनिस गरेका थिए । लगत्तै १५औं मिनेटमा कप्तान सर्जियो रामोसको भली सट बाहिरिदा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो । ३५औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए ।३७औं मिनेटमा विलियम कार्भाल्होले गोल गर्दै घरेलु टोलीलाई २–१ को अग्रता दिलाए । नेविल फेकिरको पासमा कार्भाल्होले पेनाल्टीमा बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै ४८औं मिनेटमा इमर्सनले आत्मघाती गोल गरेपछि रियल म्याड्रिडले खेललाई २–२ गोलको बराबरीमा ल्याउन सफल भयो । लुका जोभिकलाई फल र अनावश्यक वाद विवादमा उत्रिएपछि रेफ्रीले इमर्सनलाई सिधै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । १० खेलाडीमा समेटिएपनि बेटिसले म्याड्रिडसँग प्रतिस्पर्धात्मक खेल पस्केको थियो । ७६औं मिनेटमा विलियम कार्भाल्होको प्रहारलाई कोर्टुवाले विफल पारे । ८०औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टीको अवसर पायो । थप गोल निस्कन नसक्दा रियल म्याड्रिडले बेटिसमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्यो ।