यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

बागमती गोल्डकप : जावलाखेल सेमिफाइनलमा , आज थ्री स्टार र एपिएफ भिड्दै

मकवानपुरको फापरबारीमा जारी चौथो बागमती गोल्डकपमा जावलाखेल युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । जनता माविको खेल मैदानमा बुधबार भएको खेलमा जावलाखेल ४–१ गोल अन्तरले विजयी भएको हो । नव जनजागृति युवा क्लब सिमरालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । जितको लागि पहिलो हाफमा जावलाखेलका जर्सी नम्बर ७ का फेडे फफनाले ७,३७ र ४५ औं मिनेटमा ३ गोल गरेका थिए ।

Advertisement
खेलको पहिलो हाफको इन्जुरी समयमा नव जनजागृती युवा क्लबका जर्सी ७ का सौरभ तामाङले १ गोल फर्काएका थिए । त्यस्तै दोस्रो हाफको ७५ औं मिनेटमा पुन जावलाखेलका जर्सी नम्बर ७ कै फेडे फफनाले व्यक्तिगत चौथो गोल गर्दै सानदार जित दिलाएका थिए । खेलको म्यान अफ दि म्याच जावलाखेलका फेडे फफना घोषित भए । उनले ५ हजार रुपैँया पुरस्कार प्राप्त गरेका थिए । आजको खेल थ्री स्टार क्लब ललितपुर र एपीएफ क्लब काठमाडौ बीच हुने आयोजकले जनाएको छ ।