‘के लेखु शब्दमा’ नीराजन र आज्ञा (भिडियो)

अनलाइन पत्र संवाददाता२०७७ चैत्र १९ No Comments

सुरज शाही ठकुरीको लय सिर्जना र स्वरमा गीत ’के लेखु शब्दमा’ सार्वजनिक भएको छ । जंग बहादुर शाही र अमृत घोले लामाले गीतको शब्द कोरेका हुन् ।शान थापाको निर्देशन रहेको भिडियोमा मोडल नीराजन प्रधानसँग डेब्यु गर्ल आज्ञा करन्जीत फिचर्ड छिन । ’पारस’ मा अभिनय गर्ने चर्चामा रहेकी आज्ञाको यो डेब्यु गीत हो ।भिडियोमा राजीव समरको कोरियोग्राफी समावेश छ l  अर्जुन तिवारीको छायांकन र सुप्रिम पराजुलीको सम्पादनमा भिडियोलाई तयार पारिएको हो lभिडियोलाई एजिएल इन्टरटेनमेन्टका लागि अमृत घोले लामाले निर्माण गरेका हुन् l आफ्नो प्रेमीकालाई माया भावले वर्णन गर्ने गीतको भिडियोलाई आकर्षक बनाइएको छ ।

Ad
Ad