Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

प्रविण र समिक्षाको ‘नबोली नबोली’ सार्वजनिक (भिडियो)

Company Register

नेपाल आईडल सिजन ३ का फस्ट रनर अप प्रविण बेड्वालको ‘नबोली नबोली’ बोलको गीत सार्वजनिक भएको छ । प्रविण बेड्वाल र समिक्षा अधिकारीको आवाजमा तयार भएको यो गीत ‘द डिभाईन म्यूजिक’ को अफिसियल युट्युब च्यानलबाट बिहीबार सार्वजनिक भएको हो । चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत तथा एरेञ्जमा तयार भएको यो गीतलाई सजन शाहले मिक्सिङ मास्टरिङ गरेका हुन् । गीतलाई ए प्लस स्टुडियोमा नरेश बिसीले रेकर्ड गरेका हुन् । गीतको म्यूजिक भिडियोमा सुधिर श्रेष्ठ, गरिमा शर्मा र बसन्त अधिकारीले अभिनय गरेका छन् । उत्सव दाहालको छायाँकन तथा विधान कार्कीको निर्देशनमा बनेको म्युजिक भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...