भारतकी चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।

मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा आज बिहान उनको निधन भएको हो  ‘मल्टी अर्गान फेलर’का कारण मंगेशरको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्वास्थ्यमा समस्या देखिए पछि उनलाई हिजो अस्पताल भर्ना गरिएको थियो । यसअघि उनमा कोरोना भाइरसको संक्रमणसँगै निमोनिया समेत भएको थियो । तर, उपचार पछि स्वास्थ्यमा क्रमिक सुधार आए पछि उनलाई गएको १४ गते भेन्टिलेटरबाट बाहिर निकालिएको थियो । तर फेरि स्वास्थ्यमा समस्या आए पछि शनिबार भेन्टिलेरमा राखेर उपचार थालिएको थियो ।

उनी फिल्म फेयर पुरस्कारदेखि पद्म भुषण, पद्म विभुषण, राजीव गान्धी पुरस्कार, भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न लगायत पुरस्कारबाट सम्मानित भएकी छन् । उनले बाचुन्जेलीलाई, आकाशमा तिरमिर तारा, जुन बाटोमा लगायत धेरै नेपाली गीतमा स्वर दिएकी छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत थुप्रै व्यक्तित्वले उनको निधनमा शोक व्यक्त गरेका छन् ।