काठमाडौं : गायक भूपू पाण्डेको नयाँ गीत सार्वजनिक भएको छ। उनले ‘माया खै…’ बोलको गीत सार्वजनिक गरेका हुन्। गीतमा शब्द, संगीत तथा स्वर पाण्डेको नै रहेको छ।
गीतमा अभिनय पनि पाण्डेको रहेको छ भने उनलाई जुना विश्वकर्माले साथ दिएकी छिन्।
गीतको निर्देशन पनि पाण्डेकै रहेको छ। यसअगाडि पाण्डेका ‘छोटो छ जिन्दगी’, ‘पिरैपिरै’, ‘जाँदा जाँदै बन्दिपुर पुग्यो’लगायतका गीतहरू चर्चित थिए।