काठमाडौं : आर्ट घरको निर्माणमा तयार भएको सांगीतिक छोटो फिल्म ‘कोठा’को ट्रेलर सार्वजनिक भएको छ।

भीष्म जोशीको कथामा बनेको उक्त फिल्मको ट्रेलरमा नयाँ सपना र उद्देश्य बोकेर गाउँबाट शहरमा पढ्न छिरेको किशोरको कथा संकेत गरिएको छ।

यसअघि ‘समय र उमेर’ ल्याएको आर्टघरको यो दोस्रो प्रस्तुति हो। फिल्ममा ‘पुर्णबहादुरको सारङ्गी’ फिल्मको ‘काँधेकुरी’ गीतका कारण चर्चामा रहेका गायक प्रशान्त सिवाकोटीको संगीत र स्वर रहेको छ।

यसमा प्रवीणकुमार पाण्डेको मुख्य चरित्र भूमिका रहेको छ भने अन्य कलाकारका रुपमा सबि थापा, सरोज खड्कालगायतका कलाकारको अभिनय रहेको छ। सरोज श्रेष्ठको छायांकन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको उक्त सांगीतिक फिल्ममा कवि देवव्रत र निर्देशक जोशीको शब्द रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

555 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू