काठमाडौं । शिवहरि पौडेलको निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’को ट्रेलर सार्वजनिक भएको छ। हास्यव्यंग्य जनरामा बनेको फिल्मको ट्रेलर युट्युबमार्फत सार्वजनिक गरिएको हो।

‘जिरे खुर्सानी’ नामक हास्य टेलिशृंखलाको लेखन तथा निर्देशन गरेका पौडेलको ‘लक्का जवान’ लेखक निर्देशकको रूपमा पहिलो फिल्म हो। उनले छ एकान छ, वडा नम्बर छ, छक्का पञ्जा लगायतका फिल्ममा अभिनय गरिसकेका छन्।

अनसुया श्रेष्ठको निर्माणमा बनेको फिल्ममा दिलीप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, किरण केसी, जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशनसँगै फिल्मको कथा, पटकथा पनि पौडेलकै हो भने उनले फिल्ममा सानो भूमिकामा अभिनय पनि गरेका छन्।

कोरोनाका कारण दुई वर्ष प्रदर्शन रोकिएको फिल्म आगामी वैशाख १३ देखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू