काठमाडौँ – ‘जलेर खरानी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। गायक राज लिम्बुको स्वर, शब्द र संगीतमा रहेको यस गीतलाई नेपाली नयाँ वर्षको २०७८को अवसर पारेर सार्वजनिक गरिएको हो।

नयाँ वर्ष  मनाउन प्रेमीको घर आइरहेकी प्रेमिकालाई प्र्यांक गर्दा प्रेमिकाले ज्यान गुमाउनु पर्दाको पश्चताप र पिडा म्युजिक भिडियोमा प्रस्तुत गरिएको छ।  म्युजिक भिडियोमा गायक लिम्बु र बिष्णु कट्टेल पहिलो पटक फिचर्ड भएका छन्।  भिडियोमा प्रेम तामाङको समेत भिडियोमा अभिनय देख्न सकिन्छ। बिष्णुको अभिनय तारिफ योग्य छ।

इजरायलमा छायांकन भएको यस गीतको भिडियोलाई सन्तोष माबोको छायांकन, सम्पादन र निर्देशनमा तयार पारिएको हो।  गायक लिम्बुको आधिकारिक च्यानल ‘राज लिम्बु’ मार्फत भिडियो सार्वजनिक गरिएको हो।  भिडियोलाई दर्शक स्रोताबाट सुखद प्रतिक्रिया प्राप्त भैरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू