Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Coronavirus COVID-19

डीआर उपाध्यायको नयाँ गीत कतिञ्जेल सार्वजनिक (भिडिओसहित)

[Ads]

Advertisement

काठमाडौं – गीत सङ्गीत क्षेत्रमा विभिन्न ३२ विश्व किर्तीमानी सफल गीतका डा. डीआर उपाध्यायको नयाँ गीत ‘कतिन्जेल’ सार्वजनिक भएको छ । नरहरि प्रेमीको स्वर तथा सङ्गीत र राजु कार्किको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा केशव र चन्दा न्यौपानेलाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको गीतको भिडियोमा शिलन लम्सालको सम्पादन छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक गरिएको छ ।

‘हामी सबैको मिहिनेतले एउटा उत्कृष्ट गीतको भिडियो सार्वजनिक गरेका छौ, आशा त यहाँहरू सबैको माया पाउने छौ’, निर्देशक माइकलले भन्नुभयो ।

गायक तथा सङ्गीतकार नरहरि प्रेमीले राम्रो शब्दलाई स्वर तथा सङ्गीत मार्फत उत्कृष्ट सिर्जना स्रोतारदर्शकमाझ पस्किएका छौ भन्दै गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको बताउनुभयो । उहाँले आफ्ना अन्य गीत जस्तै यो गीतले पनि सबैको मायाको आफूले अपेक्षा राखेको बताउनुभयो ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

Loading...