हेटौंडा – नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा इकाई समितिको आयोजनामा छैठौं संविधान दिवसको अवसरमा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छ्न्, ।

४ नम्बर इकाई सभापति हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछानेको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, पार्टी प्रबक्ता प्रदिप कोइराला, नगर सभापति आनन्दराम पराजुली लगायत नेता कार्यकर्ताको उपस्थिति रहेकोे थियो ।