हेटौँडा उपमहानगरपालिकाको बारुणयन्त्रका कर्मचारीलाई अग्नि सुरक्षा सामाग्री हस्तान्तरण गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले साढे तीन लाख रुपैयाँ मुल्य पर्ने अग्निसुरक्षाका सामाग्री बारुणयन्त्रका कर्मचारीलाई हस्तान्तरण गरेका हुन । यो सामाग्री लगाएर आगो लागेको स्थानमै भित्र पसेर आगलागीमा परेकाहरुलाई उद्धार सकिने जनाईएको छ । अहिले तत्कालको लागि चार जनालाई सामाग्री हस्तान्तरण गरिएको र अन्यलाई थप गर्दै लगिने मेयर महतले बताए ।