मकपानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ स्थित बुदुने खोलामा झोलुङ्गे पुल सञ्चालनमा आएको छ । शुक्रबार गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले उक्त झोलुङ्गे पुलको उद्घाटन गरी सञ्चालनमा आएको हो । ११८ मिटर लम्बाईमा निर्माण गरिएको पुलले वडा नम्बर १ को ३०९ घरधुरी लाभान्वित हुनेछन् ।

उक्त पुल राडो नेपालको सामाजिक तथा प्राविधिक सहयोगमा ५० लाख १६ हजार ११३ रुपैयाँको लागतमा निर्माण भएको वडाध्यक्ष आइत सिंंह लो ले बताए । पालिकाको बजेट, जनसहभागिता, झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम लगायत अन्य रकमबाट उक्त पुल निर्माण गरिएको अध्यक्ष लोले बताए । उद्घाटन कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, वडा अध्यक्ष आइतसिं लो, कार्यपालिका सदस्य फुलमाया टुप्पा, वडा सदस्यहरु सोमलाल बुलुन, सुन्तली विक, लाल बहादुर लामा, राडो नेपालका राजन दाहाल, पालिका इन्जिनियर तिलक तिमल्सिना, टोल विकासका अध्यक्ष, शिक्षक तथा बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।