मकवानपुरको मनहरी गाउँपालिकामा बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन् । आईतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपाकिा वडा नंम्बर ८ स्थित सिमपानीमा ना ५ ख ५६०४ नंबरको बस अनियन्त्रित भई दुर्घटना हुँदा १६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा घाईते भएका १६ जना मध्ये केही सामन्य उपचार पछि घर फर्किएका छन् भने केहीको उपचार भईरहेको प्रहरीको भनाई छ ।