हेटौंडा उपमहानगरपालिकालाई आगामि बर्ष २०८० को मंसिर सम्म वालमैत्री घोषणा गर्ने निर्णय भएको छ । आइतबार हेटौंडामा आयोजित अभिमुखिकरण कार्यक्रममा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले आगामि बर्षको मंसिर सम्ममा नगरलाई वालमैत्री उपमहानगरपालिका घोषणा गर्ने प्रतिबद्धता जनाएकी हुन् । कार्यक्रममा नगरप्रमुख लामा सहित सहभागिहरुले उपमहानगरलाई वालमैत्री स्थानिय शासन नितिगत कार्यान्वयनका लागि अवलम्बन तथा घोषणाको लागि सामुहिक प्रतिवद्धता समेत जनाएका थिए ।

बालमैत्री घोषणा गर्ने तयारीका लागि हेटौंडा उपमहानगरका प्रमुख मिनाकुमारी लामाको संयोजकत्वमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई नगरका सम्पुर्ण वडाका अध्यक्षहरु, उपमहानगरका शिक्षा, स्वास्थ्य, सामाजिक बिकास महाशाखा, बिषयगत संघसस्था, बिद्यालयका प्रधानाध्यापकहरु सम्मिलित समिति निर्माण भएको समितिका सदस्य सचिव तथा उपमहानगरपालिकाका महिला तथा वालवालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछानेले जानकारी दिइन् ।