मकवानपुरमा कोरोना संक्रमित दिनानुदिन बढेसंगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ का ६४ बर्षीया एक बृद्धा महिलाको मृत्यु भएको छ । बृद्धाको घरमै मृत्यु भएको छ । उनको गत कार्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको हो । उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने भएको छ ।