मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित कुर्लेमा रहेको कुर्ले कृषि सहकारी संस्थाको नवौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । गाउँपालिकाको उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष कृष्ण प्रसाद हुमागाईको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा सहकारीका अध्यक्ष कृष्ण प्रसाद हुमागाईले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सहरकारीको आफ्नै भवनमा भएको कार्यक्रममा कोषाध्यक्ष माया तामाङ्, सचिव राजकुमार खड्का, लेखा संयोजक गोपाल गौतम,ऋण समिति संयोजक कृष्ण प्रसाद तिमल्सिनाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

९३ जना शेयर सदस्य रहेको सहकारीले आर्थिक वर्ष २०७७र०७८ मा ५९ लाख ६५ हजार २ सय रूपैया कारोबार गरेको छ । सभामा गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी , विभिन्न संघ संस्था, टोल विकासका प्रतिनिधिहरु लगायतकाको उपस्थिती रहेको थियो ।