झारफुक गर्ने एक ‘माता’को विश्वासमा पर्दा १४ वर्षीया किशोरीको मृत्यु भएको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–२ की १४ वर्षीय किशोरीको झारफुकका क्रममा शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

केही महिनादेखि बिरामी रहेकी किशोरीलाई उनकी आमाले आफूलाई माता बताउने उमा शाही ठकुरीको काठमाडौंको नागार्जुन–१ रानीवन पानी ट्याङ्कीनजिकै रहेको झारफुक केन्द्रमा लगेकी थिइन्। माता भनिने उमा शाही ठकुरीलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद लिई थप अनुसन्धान भइरहेको छ जनाएको छ ।