Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नेपालमा थप एक जनालाई कोरोना सङ्क्रमण भएको पुष्टि

Company Register

फ्रान्सबाट आएकी एकजना नेपाली महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट १९ वर्षीया युवतीमा कोरोना देखिएको हो।

फ्रान्सबाट गत चैत ४ गते आएर होम क्‍वारेन्टाइनमा राखिएकी युतवी रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्न पुगेकी थिइन्। परीक्षणबाट उनमा कोभिड-१९ को संक्रमण देखिएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जानकारी दिए। 

Advertisement

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा जनस्वास्थ्य प्रयोशालामा नमूना परीक्षणको क्रममा कोरोना भाइरस पोजेटिभ देखिएको बताए। 

उनी फ्रान्सबाट फर्किएर ‘होम क्‍वारेन्टाइन’ मा बसेकी थिइन्। होम क्‍वारेन्टाइनमा बसेकै बेला खोकी लागेपछि स्वास्थ्य जाँचका लागि उनी टेकु अस्पताल पुगेकी थिइन्।  यसअघि अर्का नेपाली नागरिकलाई कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि ठीक भइसकेका छन्।

योसँगै नेपालमै दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको छ। 

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- thahakhabar
Website Designe 1024×117
Loading...