नेपालमा फेरि आज थप २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि मंगलबार दिउँसो मात्रै ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१७ पुगेको छ।

नेपालमा भेटिएकामध्ये हालसम्म ३३ जना निको भएर घर फर्किएका छन् । नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। नेपालमा सबैभन्दा पहिले गत माघमा चीनबाट आएका युवकमा कोरोना देखिएको थियो ।