Comments Add Comment

राष्ट्रिय बक्तित्वकला प्रतियोगितामा हेटौंडा जेसीजका छतेन्द्र प्रथम

नेपाल जेसीजको आयोजनामा सोमबार अनलाइनमार्फ गरिएको राष्ट्रिय बक्तित्वकला प्रतियोगितामा हेटौँडा जेसीजका छतेन्द्र आचार्य प्रथम भएका छन् ।

त्यस्तै कोहल्पुर जेसीजकी कृतिका आचार्य दोस्रो र काठमाडौँ जेसीजकी तारा न्यौपाने तृतिय भए ।

नेपाल जेसीज सीप विकास कमिटीकी अध्यक्षसमेत रहेकी सिनेटर रुक्मणी सिग्देलको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अशोक सङ्खर प्रमुख अतिथि थिए ।

विश्व महामारी चुनौती र अवसर’ विषयक बक्तित्वकलामा नेपाल जेसिज अन्तरगतका २९ वटा शाखाहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा भलवारी जेसीजका पूर्व अध्यक्ष मुक्तिनाथ गैरे, नेपाल जेसिजकी पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रश्मि शिल्पकार र पूर्व राष्ट्रिय उपाध्यक्ष मन्जरी घिमिरेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर